एनसिसिएसले सम्पन्न गर्यो निःशुल्क कर सहायता शिविर

Posted on: Mar 20, 2026

एनसिसिएसले सम्पन्न गर्यो निःशुल्क कर सहायता शिविर UPDATES
Mar 20, 2026

एनसिसिएसले सम्पन्न गर्यो निःशुल्क कर सहायता शिविर

“फ्रि ट्याक्स क्लिनिक” कार्यक्रम सफलतापूर्वक सम्पन्न विगतका केही वर्षदेखि क्यानडामा रहेका नेपाली न्युकमर्स तथा विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गरी हरेक वर्ष सञ्चालन हुँदै आएको “फ्रि ट्याक्स क्लिनिक” कार्यक्रम यस वर्ष पनि नेपालिज क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) ले निरन्तरता दिँदै सफलतापूर्वक सम्पन्न गरेको छ।

March 9, 2025, Sunday, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २९०० इगलिन्टन एभेन्यू इस्ट, स्कारबोरो मा सम्पन्न कार्यक्रममा १३० जना न्युकमर्स तथा विद्यार्थीहरूले नाम दर्ता गराएका थिए। बिदाको दिन पारेर सञ्चालन गरिएको यस ट्याक्स क्लिनिकमा करिब १०० जनाको नियमानुसार ट्याक्स फाइल गरिँदै कार्यक्रम भव्य रूपमा सफल भएको जानकारी गराउन चाहन्छौँ।

NCCS को वर्तमान कार्यसमितिको सक्रिय उपस्थितिमा सम्पन्न यस कार्यक्रममा सगुन ग्रुप अफ EXP Realty का प्रोप्राइटर श्री लक्ष्मण सुवेदी तथा पेंगुइन इमिग्रेशन सर्भिसेस का माधव बस्ताकोटी र भवी न्यौपाने ले आफ्नो अफिस निःशुल्क रूपमा उपलब्ध गराउनु भएको थियो। यस वर्षको ट्याक्स फाइलिङ कार्यमा एनआरएनए क्यानडा का वर्तमान कोषाध्यक्ष CPA बिद्या भूषण कार्की, CPA चन्द्र पन्थी, बाबुराम भण्डारी, सम रचना सुवेदी, गौरव श्रेष्ठ, बिजय भण्डारी, सुमन सेढाईँ, चिरञ्जीवी ज्ञवाली लगायतले सक्रिय रूपमा स्वयंसेवा गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई NCCS परिवार हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।

धन्यवाद!

Subscribe to our Newsletter!

Become part of a growing community dedicated to culture and service.