१६औं हिमालयन मेला: तयारी पुरा

Posted on: Mar 20, 2026

१६औं हिमालयन मेला: तयारी  पुरा UPDATES
Mar 20, 2026

१६औं हिमालयन मेला: तयारी पुरा

१० अगस्टमा आयोजना हुने १६औं हिमालयन मेलाको सम्पूर्ण तयारी लगभग सम्पन्न भएको छ। यो मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, संगीत, परम्परागत नृत्य, स्वादिष्ट परिकारहरू, र विभिन्न स्टलहरू रहनेछन्। मेलाको मुख्य आकर्षणका रूपमा नेपालका प्रसिद्ध गायक अञ्जु पन्त, तिलक बम मल्ल, हिमालयन भाइब्स ,बागलुङ सेवा समाज पञ्चे बाजा, र अन्य धेरै कलाकारहरूको प्रस्तुति रहनेछ।

यस मेलामा विभिन्न नेपाली परिकारहरूको स्वाद लिन सकिने भोजन स्टलहरू पनि हुनेछ। यसमा मःमः, चटामरी, सेल रोटी, र अन्य नेपाली परिकारहरू उपलब्ध हुनेछन्। साथै, नेपाली कला र हस्तकला स्टलहरू पनि हुनेछन्, जहाँ नेपाली शिल्पकला, गहना, कपडा, र अन्य परम्परागत वस्तुहरू बिक्रीमा राखिनेछन्। मेलाको सांस्कृतिक प्रस्तुतिहरूले नेपाली लोक नृत्य, संगीत, , र अन्य सांस्कृतिक कार्यक्रमहरू समावेश गर्नेछन्, जसले हाम्रो संस्कृति, परम्परा, र पहिचानलाई उजागर गर्नेछ। १६औं हिमालयन मेला १० अगस्टमा १०० क्विन स्ट्रिट वेस्ट, नाथन फिलिप्स स्क्वायरमा आयोजना गरिने छ।

आयोजकहरूले सबैलाई मेलामा उपस्थित भएर नेपाली संस्कृतिको आनन्द लिन हार्दिक निमन्त्रणा गरेका छन्। NCCS (Nepalese Canadian Community Service) का महासचिव सुदर्शन सापकोटाले भन्नुभयो, “हिमालयन मेला हाम्रो सांस्कृतिक धरोहरको सम्मान र साझा भावनाको उत्सव हो।यो मेला केवल मनोरञ्जन मात्र होइन, यो हाम्रो परम्परालाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई आफ्नो जरा र संस्कृतिसँग परिचित गराउने एउटा अनुपम अवसर हो। तपाईंको उपस्थितिले यसलाई अझ विशेष बनाउनेछ। “ मेलामा सहभागिता जनाउन चाहनेहरूका लागि थप जानकारी NCCS को सामाजिक सञ्जालहरूमा उपलब्ध छ

Subscribe to our Newsletter!

Become part of a growing community dedicated to culture and service.