फ्रिट्याक्स क्लिनिक 2024

Posted on: Mar 17, 2026

फ्रिट्याक्स क्लिनिक 2024 UPDATES
Mar 17, 2026

फ्रिट्याक्स क्लिनिक 2024

 

विगत एकबर्ष देखि क्यानडामा रहेका नेपाली न्यूकमर्स (New Comers) र विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा अध्यानर्थ नेपाली विद्यार्थिहरूलाई लक्षित गरि प्रत्येक वर्ष ट्याक्स फाईल (Tax file) गरिदिन संचालन गर्ने “फ्रि ट्याक्स क्लिनिक” कार्यक्रमलाई यस बर्ष पनि Nepalese Canadian Community Services (NCCS) ले निरन्तरता दिदै सफलताका साथ सम्पन्न गरेकोछ।मार्च ३, २०२४ का दिन बिहान ९ बजे देखि साँझ ५ बजे सम्म 2900 Eglington Ave East, Scarborough मा संचालित उक्त कार्यक्रम यस बर्ष भने NCCS र NRNA Canada को संयुक्त तत्वाधानमा संचालन भएको थियो।

उक्त कार्यक्रममा सहभागि हुन चाहनेले अग्रिम रूपमा नाम दर्ता गर्नुपर्ने र सोको लागि अनलाईन फाराम भर्न NCCS ले मिति जनवरी 30 देखि फेब्रुअरी 20 सम्म सम्मको सुचना आव्हान गरेको थियो।कार्यक्रममा सहभागि हुन २०३ जना न्युकमर्स र विधार्थिहरूले नाम दर्ता गराएका थिए । आईतबार बिदाको दिन पारेर संचालित उक्त ट्याक्स क्लिनिकमा करिव ७० जानको नियमानुसार ट्याक्स फाईल गर्ने कार्यक्रम भब्य रुपमा सफल भएको जानकरी गराउदछौ।NCCS वर्तमान कार्यसमिति र NRNA Canada का Scarborough मा रहेका पदाधिकारीहरूको सक्रिय उपस्थितिमा संचालित उक्त कार्यक्रमको लागि Sagoon Group of EXP Realty का प्रोपराईटर श्री लक्षमण सुवेदिले आफ्नो अफिस कोठा निशुल्क रूपमा उपलब्ध गराउनु भएको थियो।

ट्याक्स फाईलको लागि भने NRNA Canada का वर्तमान कोषाध्यक्ष CPA श्री बिद्या भुषण कार्की ,चन्द्र पन्थि, बाबुराम भन्डारी, विजय भन्डारी, बीर काजी गुरुङ, राम चन्द्र आचार्य, प्रकाश सिंह, निमीस खनाल , चीरन्जीबी ज्ञवाली लगाएतले सकृय रूपमा भोलेन्टियर गरि सहयोग पुर्याउनु भएको थियो ।

कार्यक्रममा एनआरएनए क्यानडा का सचिव विनोद कोइरालाको उपस्थिति रहेको थियो ।यस कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा NCCS एवं NRNA Canada परिवार कृतज्ञताका साथ धन्यवाद ज्ञापन गर्दछ।धन्यवाद !

💐🙏NCCS CANADA

 

Subscribe to our Newsletter!

Become part of a growing community dedicated to culture and service.