UPDATES
NCCS Raises Funds to Support The People Who Were Impacted By The Earthquake On Nov 3, 2023
२०८० कार्तिक १७ गतेका दिननेपालको पश्चिमी क्षेत्र जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्र बिन्दू बनाई गएको विनाशकारी भूकम्पमा परि पिडामा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई थोरै भए पनि सहयोग पुर्याउने उदेश्यले क्यानडामा रहेको नेपाली संस्था NCCS ( Nepalese Canadian Community Service) ले आर्थिक सहयोग संकलन आभियान संचालन गरेको र उक्त फन्डमा जम्मा CA$ १०३२६।- रकम संकलन भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । संकलित रकम उक्त भूकम्पा परि मृत्यु भएका परिवारजनलाई राहत स्वरूप प्रदान गर्न प्रमुख प्रथमिकता दिनु उपयुक्त हुने ठानेर सम्बन्धित स्थानिय निकायका जिम्मेवार पदाधिकारी तथा समाजसेवि ब्यक्तित्व मार्फत प्रति परिवार रू. १०,०००।- का दरले मृतकका १०० घरपरिवारलाई आर्थिक सहयोग स्वरूप राहत हस्तान्तरण भएको ब्यहोरा समेत सबैमा जानकारी गराईन्छ ।यसरी NCCS लाई बिस्वास गरि यस संस्थाले संचालन गरेको आर्थिक संकलन कार्यमा स्वस्फुर्त रूपमा सहभागि भैइ आर्थिक सहयोग प्रदान गर्नु हुने तथा यस कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष एवं परोक्ष रूपमा जोडिनु हुने सबैमा NCCS परिवार हृदय देखिनै धन्यवाद व्यक्त गर्दछ । साथै सार्वजनिक हितको कार्यमा यस संस्थाले भविष्यमा संचालन गर्ने अन्य अभियानहरूमा समेत यहाँहरूको यस्तै सकृय सहयोग, समर्थन र अपनत्व रहने छ भन्ने कुरामा संस्था पुर्णबिस्वस्थ छ ।धन्यबाद!