Nepali New Year: Flag Flies High at Toronto City Hall

Posted on: Mar 17, 2026

Nepali New Year: Flag Flies High at Toronto City Hall UPDATES
Mar 17, 2026

Nepali New Year: Flag Flies High at Toronto City Hall

नेपाली नयाँबर्ष- २०८१ को उपलक्ष्यमा Nepalese Canadian Community Services (NCCS) ले 13 April, 2024, शनिवारका दिन बिहान ११:०० बजे टोरन्टो डाउनटाउनको न्याथम फिलिप स्क्वायरमा अवस्थित टोरन्टो माहानगरकको सरकारी भवनामा आयोजना गरेको नेपालको राष्ट्रिय झण्डोतोलन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । 

आफ्नो स्थापना काल देखिनै NCCS ले बिभिन्न कार्यक्रम मार्फत नेपाली भाषा, संस्कृति, कला, गितसंगित तथा भेषभुषाको संरक्षण र सम्वर्धनमा अहंम् भुमिका खेल्दै आएको याहाँहरूमा विदितै छ । 

यस संस्थाले लिएको पहलकदमि, पत्राचार, छलफल तथा सहकार्य पश्चात क्यानडाकै सबै भन्दा ठुलो शहरको रूपमा स्थापित टोरोन्टो माहानगरले उसको सरकारी भवनमा नेपालको राष्ट्रिय झण्डा २४ घण्टा सम्म राख्न दिने गरि नेपाली नयाँबर्षको दिन झण्डोतोलन गर्ने स्विकृति प्रदान गरेको थियो । 

इतिहासमै पहिलो पटक नेपाली राष्ट्रिय झण्डा, क्यानडाकै ठुलो सहरको सरकारी भवनमा फरफराउन पाउनुले स्वेदेश ताथा बिदेशमा रहेका हामी नेपालीहरूलाई खुशि तथा गौरवान्वित बनाएको हामिले महसुस गरेकाछौ । साथै यस संस्थाले नेपाल र नेपालीहरूको इज्जत, सम्मन तथा पहिचान स्थापित गर्ने यस्ता कार्यक्रमहरूलाई भविश्यमा समेत निरन्तरता दिने छ भन्ने हाम्रो विश्वास छ ।

 कार्यक्रमको प्रमुख अतिथि क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौडेल थिए। उनले संक्षिप्त सम्बोधन गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका थिए।

कार्यक्रम संस्थाका सभापति थमनाथ अधिकारी र अध्यक्ष बिना बर्माले संयुक्त रूपमा सुरुवात गरेका थिए। त्यस अवसरमा क्यानाडामा रहेका विभिन्न क्रियाशील नेपाली सङ्घसंस्थाका पदाधिकारीहरू, पत्रकार आदीको उपस्थित थियो।

महासचिव सुदर्शन सापकोटाले सञ्चालन गरेको कार्यक्रम संस्थाका सभापति थमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

Subscribe to our Newsletter!

Become part of a growing community dedicated to culture and service.